बद्रीप्रसाद दाहाल ‘भस्मासुर’आजीवन विलासी सुबिधा ?
हाम्रा पूर्व विशिस्ट शिस्टहरूमा, सम्मान पैसा बन्यो
जल्ले दुष्ट अशिस्ट आदत छरी, देसै डुबाइदियो ।
सत्ताधीन बनी लुट्यो अति लुट्यो, पुस्तौँ सपार्यो अरे
त्यै थोत्रा अभिशापमा खरबका, थैली कसोरी चढे ?
भूतैपूर्ब सबै विशिष्टहरूमा, भत्ता र सेवा छरी
टाटै पार धरा निरीह जनता, शोसेर उल्कै गरी ।
राजाकै पद चिन्हमा हिँडिदियौ, हे नव्य राजाहरू
राणाकै पछुवा बनेर अहिले, खायौ डकार्यौ चरु ।।
यस्तो शासन लोकतन्त्र कसरी भन्नै लजायौ अब
यस्ता शासक राष्ट्र नायक भनी, मूर्खै बनेछौँ सब ।
यिन्का वैभव नाप्न जाँच्न अहिले, आयोग लौ चाहियो
भुत्राको सुविधा कुपात्र जनमा, लौ न्याय पो चाहियो ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































