साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुत्राको राष्ट्रियता

Nepal Telecom ad

यता नाका बन्द छ
किन गर्यौ भनी सोध्यो भने
उता गर्याे छैन पो भन्दछ
यता पुरै नाका ठप्प को गन्दछ
सरकार अझै अघोषित नाकाबन्दी
सानो स्वरले पो भन्दछ
साँच्चैको नाकाबन्द भए
सरकार खुलेर बोल्नु पर्यो 
दक्षिणको ढोका बन्द गरे
उत्तरको ढोका खोल्नु पर्यो 
दक्षिणसंग वार्ता गर्न मन्त्री जाने
उत्तरसँग वार्ता गर्न सचिव जाने
सरकार डरा हो कि नाटक गर्या हो
के प्रभुको अगाडि लुत्रुक्क पर्या हो ?
नत्र उत्तरसित कुरा गर्न
प्रधानमन्त्री नै किन नजाने ?
राष्ट्रियता कुरा गरी
जनताले कति दिन यसरी खाने
राष्ट्रियता त सबलाई चाहिन्छ
तर सरकार विकल्प नखोजी
यसरी चुपचाप बस्न पाइन्छ ?
नेताको गाडी चलेकै छ
घरमा चुल्हो पनि बलेकै छ
जनता पो भोकभोकै पर्या छन्
तराई पहाड जहाँ पनि
जनता नै मर्या छन्
राष्ट्रियता राष्ट्रियता
उत्तर कोरिया र क्युवाको जस्तो हो भने
भुत्राको राष्ट्रियता ?
जनताले भोकभोकै
राष्ट्रियता घोकिरहने
नेताले कुखुराको सपेटो टोकिरहने
जनताले पीडा बोकिरहने
नेता मस्तले सत्ता भोगिरहने
देश र जनताको लागि
अरुलाई झुकाउन पनि नसक्ने
झुक्न पनि नसक्ने
अत्याचार गरेको छ भने
संसारलाई फुक्न पनि नसक्ने
यत्रो मानव सङकट पर्दा पनि
जहाजबाट भए पनि ल्याउने आँट छैन
उत्तरको नाका खोल्ने अझै छाँट छैन
बिचरा जनताको घरमा
पकाइ ख्वाउन भने ग्यास छैन
होटेल गई ख्वाउन भने क्यास छैन
भोका जनतालाई
स्वाधिनताको कुरो रटाछन् रटाछन्
नयाँ श्रीपेच ठोकेर आफू चाहिँ
खाली दिन मात्र कटाछन्
यिनी नेताहरू चुप लागेको देख्दा
कि त यिनले दक्षिणको नून टन्न खाका छन्
कि उससंग यिनले टन्न दाम पाका छन्
नत्र बाघले झम्टँदा पनि
यिनी किन खुलेर बोल्दैनन्
उत्तरले आऊ आऊ भन्दा पनि
त्यताको बाटो किन खोल्दै खोल्दैनन् ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x