साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तै हुरी चले नि !

Nepal Telecom ad

यहीँ बाँच्छु, मर्छु भन्थेँ जस्तै हुरी चले नि !
कायर भन्यो अचानक बिउँझेर लासले नि !

विश्वास पात्र जो छन् हर्दम सतर्क बस्नू
आफन्त मार्न सक्छन् अर्जुन र कृष्णले नि !

छटपट थिएन केही झन् मस्तले निदायो
कस्तो सितल छ आहा दनदन चिता जले नि !

पिउने कयौं बहाना जुर्छन् अचेल मेरा
बुन्छन् नयाँ कहानी प्याला र साँझले नि !

लेखेर मात्र ठूलो भइँदैन बुझ् तँ बाला
दुइचार शेर बाँचुन् तेरो शरिर ढले नि !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x