साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन त नकाबन्दी

Nepal Telecom ad

लखर लखर गर्दै
कता हो नि नाकाबन्दी ?
मधेसबाट हिंडेर
हिमालसम्म आयौ नि
हामीलाई भनेको ग्यास तेल
तिमीले किन कप्लक्क खायौ नि ?
तिमी नाकाबन्दी हौ कि डाँकाबन्दी
बाकाबन्दी हौ कि काकाबन्दी ?

यसरी लखर लखर गरेर किन
दिनहुँ आउँछौ ?
यसपाली भन त
कालोबजारी गरेर के के ल्याउँछौ ?
उता नाकाबन्दी भने पनि
यता गाडीहरूको जाम छ
दुध बेच्ने जानेको जस्तो
नाकामा तेल बेच्नेको लाम छ
यहाँ कुनै चिजको न कमी छ न अभाव छ
तर सबै तस्करीको रवाफ छ
भन त नाकाबन्दी यसमा तिम्रो के जवाफ ?
खच्चरमा चढेर लखर लखर कता आउँदैछौ ?
भन त नाकाबन्दी
यसपाली फेरि तस्करी गरेर के के ल्याउँदैछौ ?

तिमी त महादेवले
मायाजालबाट निकालेको राक्षस जस्तो
पटक पटक हाहाकार मच्चाछौ
तर मोदी मायाजालले बनाएर हो कि
यसपाली अली कच्चा छौ
भन त नाकाबन्दी
यसरी लखर लखर गधा जस्तो कता लाग्दैछौ ?

कोशी टनकपुर हजम गरेर, अब कुन नदी ताक्दैछु
महादेवले राक्षस उमारेको जस्तो
तिमीलाई पनि तिम्रा मालिकले
पटक पटक जन्माइराछन्
तिमी नै रहेछौ कि बलियो हतियार
उनीहरूले तिमीलाई नै अन्माइराछन्
चार चार महिना हिंडेर
कता जान खोज्या हो
सुटुक्क भन त नाकाबन्दी
यसपाली तिम्रा मालिकले हाम्रो
कुन कुन भाग लान रोज्या हो ?

हाम्रा धेरै नसाहरू त खाइ सके
अब हाम्रो छाती खान खोज्या कि
हाम्रो शिर खान खोज्या हो
भन त नाकाबन्दी
यसपाली तिम्रा मालिकले
हाम्रो कुन कुन ठाँउ रोज्या हो ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x