साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउताहरू कस्ता कस्ता

Nepal Telecom ad

बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, सर्प, पिचास, भूत, भोका, नाङ्गा वरिपरि ।

पानी मरुवा थिए पाण्डव लुके वनमा लडे पनि
पुँजीवादी धृतराष्ट,अन्धो पापी अनि धनी
आतंकवादी दुर्योधन हार्नैलाई लडी रह्यो
भएकोमा थपौं भन्दा, भएको नै पनि गयो ।

सामन्तवादी सबै देउता, आफुमाथि अरु तल
साम्यवादी ती राक्षसलाई, देव दानव बराबर
अधिनायकवादी ति इन्द्र, अरुलाई दबाउने
सक्षम कोही अघि आए, जालमा पारी लडाउने ।

प्रातिकृयावादी हो राहु, अरुमा खोट लगाउने
उग्रवादी भइ सूर्य सबैलाई तताउनेर्
माक्सवादी हेर चन्द्र रुप फेर्छन् हरेक दिन
पूर्णिमा भए पूर्ण औशीमा नै खत्तम हुन ।

संसदवादी थिए नारद, जता फाइदा उत्तै मिले
सत्यवादी भइ कृष्ण गोपिनीबिच सधैं झुले
यथास्थितिवादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै ।

तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेका छन्, महाभारत गरौं भनी ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x