बद्रीप्रसाद दाहाल ‘भस्मासुर’खै विचार ?
अग्ला आदर्श छैनन्, मन मुटु तलमा, छैन सिद्धान्त सग्ला
छैनन् क्यै कार्य नीति, जन मन छुइने, लक्ष्य नौला सुनौला ।
मात्रै पार्टी त ’पाटी’ सरह बनिसके, घोषणा — पत्र मुन्टे
वाचा ‘आचा’ भकुर्दै, डन–कमिसनमा, ‘पार्टी’ भुन्टे र पुन्टे ।।
छैनन् वैचार–धारा, क्रम उपक्रममा, पार्टीको भव्य काम
पोल्छन् सिद्धान्त धेरै, जनकर बटुली, गर्दछन् तुच्छ हाम ।
पार्टीकै लागि लड्थ्यौ, तर किन अहिले, खोक्रियो बोक्रियो त ?
पार्टीकै लागि लड्थ्यौ, दल–बल अहिले, झोक्रियो बोक्रियो त ?
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































