साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धत् ! विपना कि सपना !!

Nepal Telecom ad

नाका बन्द थियो सधैँ कति कुरा रोक्ने गरेको थियो
ठूलो भारतले म हेप्छु जसरी भन्ने गरेको थियो
आफैँ मक्ख थियो दिएर अरूमा पीडा निकै बेसरी
ऊ सोच्थ्यो अनिकालले मरिरहून् नेपाल भोकै परी ।।

भन्थ्यो बाहिर मित्रता छ जहिलै बन्धुत्वको स्रोत हुँ
कैँची धार लगाउँथ्यो दिनदिनै त्यो दुष्टता के कहूँ
दाता झैँ कहिले उदार मनले ऊ भन्दथ्यो माग है
साँच्चै दुःख परेर क्रन्दन गरे ऊ जप्दथ्यो भाग है ।।

रोक्थ्यो तेल र ग्यास औषधिहरू बिर्सेर संवेदना
मानौँ मानव धर्म नै भुलिदिँदै कुल्चेर सञ्चेतना
सक्दो हुर्मत काड्छु दुःख सबले पाऊन् सधैँ भन्दथ्यो
नाका बन्द गरी मरे कति जना नेपालका गन्दथ्यो ।।

हो सक्दो जति गर्न मार्न उसले गर्दै थियो बन्द नै
डुल्दै भाषणमा उदार मनको चर्को थियो गन्ध नै
हल्ला भाषण विश्वले तब बुझ्यो नेपाल पुग्दा जब
कस्तो ढोँग रहेछ निर्मम छुरा घाँटी छिने झैँ सब ।।

सक्दो दुःख दिँदै थियो कुटिलता बढ्दै थियो झन् अति
को बोल्थ्यो उसको समीप सहजै मानौँ उही पद्धति
जोजो सामु थिए तिनै जनहरू भन्थे नमो भारत
मानौँ भारत विश्व छद्म नगरी साम्राज्य आस्थारत ।।

त्यस्तो भारत ध्वस्त धूलसरि नै बन्दो भयो रे अति
आतङ्की दुनियाँ छिरेर उसको हड्डी पिस्यो रे कति
बाढीले कति ध्वस्त रे कलहले आपस्त सारा क्षति
हेर्दै भारत शून्य रे पछि नमो भूकम्प रे संहृति ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x