सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय भुँडी

Nepal Telecom ad

जति खाए नि नअघाउने,
हेरेर हैन छेरेरै मर्नु पर्छ भनेर खाइ रहने,
बरु पाइखाना धाइरहने !
स्वादको पारखी,
मिष्ठान्नको खोजमा भौंतारी रहने
जति प्रशंसा गरे नि थाक्दिन म …
अलकत्रै पाए नि झ्वाम पार्ने,
खाने काममा कहिल्यै नहार्ने !!
यो कस्तो वरदान पायौ ?
वाह ! वाह ! क्या भुँडी–दान पायौ
बधाइ छ नेताज्यू….
यसपाली त सानतिनो हैन
पुरै देश खानु पर्छ
नेपाललाइ पचाएर
भारततिर पाइखाना जानु पर्छ…
लौ है यति त गर्नै पर्छ
जय भुँडी नेताज्यू जय भुँडी !!

हाल : दोहा, कतार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही