साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खजाञ्जीको जीउ

Nepal Telecom ad

२०६१ सालमा मैतिदेबी शाखाको निम्ति खजाञ्ची पदमा मलाई बढुवा गरे । खजाञ्चीको जिम्मामा रहेकोलाई व्यवस्थित गरेर राख्नु मुख्य काम मानिन्छ । त्यही सिलसिलामा एकदिन एकजना ग्राहक सुन राख्न मलाई खोज्दै आए । मैले भनेँ– के गर्नु परयो हजुर ? ग्राहकले भने– सुन राख्न आएको । यता आउनुस् न भन्दै भित्र बोलाएँ, ज्यान गए आएनन् । उहाँ ठिङ्ग उभिरहे । किन ! सुन राख्ने भन्नु भा’होइन र भित्र आउनुस् भन्दै पुनः बोलाएँ । तिनले सुने पनि नसुने झैं गरी मलाई टेरपुच्छर लगाएनन् । उल्टो तिनले मेरो शिरदेखि पाउसम्म हेरेर मज्जाले नाक खुम्चाए । केही समयसम्म दायाँबायाँ विलखबन्दमा परेको चोरले हेरे झैं पल्याकपुलुक हेरेर बसिराखे । मलाई पनि अचम्म लाग्यो कस्तो खाले ग्राहक हो यो ! भन्दै मनमनै गुनेँ । उसको कृयाकलाप अध्ययन गर्न थालेँ । बस्दा बस्दा आजित भएर पो हो कि तिनले ढोकामा उभिराखेको गार्डलाई सोध्न पुगे । गार्डले पनि उहाँ नै त हो नि खजाञ्चीसाब भन्दै मलाई सङ्केत गर्दै देखाए । अझ पनि तिनले पत्याएनन् । 
अन्तिममा केही सीप नलागेपछि तिनै ग्राहक मेरो छेउ आएर प्वाप्क बोले– यस्तो दुब्लो पातलो मान्छे पनि कहीँ खजाञ्ची हुन्छ र ! उहाँको कुरा सुनेर मैले पनि हाँस्दै भनेँ– ‘तपाईलाई काम चाहिया हो कि मेरो जीउ ।’ काम चाहिया हो भने यता आउनुस् क्यारे, जीउ चाहिया हो भने भरे रेस्टुरेन्टमा लगेर टन्न मज्जाले ख्याउनुस् न हुन्न ! अनि तपाईले खोजे जस्तो भै हाल्छु नि ! भन्दै कुरो अड्काएँ । बल्ल तिनको आँखा खुलेछ कि क्या हो हाँस्दै सुन राख्न आए । त्यही क्रममा कुराकानी हुँदा यो कुर्सीमा बस्ने यामानको फुकेको भँडी भएको मान्छे हुन्थ्यो, तपाईंको जीउको गति देखेर म अकमकिएको हुँ भन्दै सफाई दियो ।
मेरो जीउको कारणले फेरि उहाँ जस्तै अर्को ग्राहकलाई भ्रम नहोस् भन्नाका खातिर त्यस दिनदेखि म ज्यान फालेर भुँडी बढाउने उपायतिर लागेँ ।
सरस्वतीनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x