साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरापमा पारे अरे

Nepal Telecom ad

शान्ति अनि संविधान कुन्नि कता लागे अरे
शरणार्थी भई आफ्नै घरमा बास मागे अरे ।

रगतको भेलबाढी थेग्न तिनले नसकेर
बुद्ध खेज्न मेचीकाली पारिसम्म धाए अरे ।

अझै किन पोटाएन दुई वर्षमै पाक्नु पर्ने
धान सम्झी संविधानलाई भातसितै खाए अरे ।

बुझ्नेलाई श्रीखण्ड त नबुझ्नेलाई बिँडसरि ।
कस्तुरीझैँ भौँतारिँदा धरापमा पारे अरे ।

तीन वर्ष गर्भभित्रै तुहिएर नगएका
अङ्कुरमै मासौँ भन्न बानेश्वरमा आए अरे ।

मंसिर चौधसम्म पनि कुर्न तिनले नसकेर
छ सय एक भेडा–बाख्रा देखेपछि भागे अरे ।
ठूलो सिरुबारी–७, सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x