बद्रीप्रसाद दाहाल ‘भस्मासुर’छामेर आफ्नो जिमी !
जिन्दावाद भनेर हिँड्छ जनता, बोली पुर्यायौ भने
मुर्दावाद भनेर हिँड्छ जनता, बोली बिरायौ भने ।
बत्ती ग्यास र रेल इन्धन सबै, पूरा गरेमा तिमी
साँच्चै नायक बन्दछौ बुझ यहाँ, धेरै नबोल्द्यौ तिमी ।।१।।
नारामात्र नलाउ है अब यहाँ, थाक्यौ सबै बोध होस्
तारा झार्छु भनेर दम्भ नगरे, दिक्कै भयौ बोध होस् ।
सत्ता थाम्न र ठालु बन्न कहिल्यै, नारा नलाउ तिमी
हाम्रो तागत शक्ति हेर्न नभुले, छामेर आफ्नो जिमी ।।२।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































