जीवन ‘पीडित’ दाहालनायक
“आमा, उज्यालो हुन लागेको हो ?”– जाडोले कठ्याङ्ग्रिएर दुलोभित्र डल्लो परिरहेको स्यालको छाउराले सोध्यो आमालाई ।
“छैन ।”– आमाले उत्तर दिई र प्रश्न पनि थपी– “तैंले कसरी थाहा पाइस र उज्यालो हुन लागेको कुरा ?”
“बाहिर खल्बली सुन्नु भएन र ? उज्यालो हुन आँटेजस्तो ।”– छाउराले कारण बतायो ।
“धत लाटा त्यो उज्यालो हुन आँटेको खल्बली हो त ? तित्रा बासेको पो त ।”– आमाले स्थिति बताईदिई ।
“किन तित्रा चै उज्यालाका लागि बास्तैन र ! आमा ?”– छाउरो निराश भयो आमाका कुरा सुनेर ।
“तित्राको मुखै बैरी, बास्न पाए पुग्छ । त्यसैले त चतुर सिकारीको पासोमा सजिलै पर्छ पनि ।”– आमाले तित्राको अवगुण बताई ।
“उसोभए अब कहिल्यै उज्यालो र घामको न्यानो हाम्रा आङमा नपरि हाम्रो जिन्दगी सकिने भो त आमा ?” – छाउरो झन निराश भयो ।
“तित्रा बासेर उज्यालो हुँदैन उज्यालो हुन त भालेनै बाँस्नु पर्छ भन्छ्न छोरा ।”– आमाले स्पष्ट पारी र छोराको आशा जगाउँन थपी– “बास्ला नि एकदिन न एकदिन त । सधैं दिन त एकनास हुँदैन भन्छन् झन युगयुग नै त तित्राकोमात्र नायकीले कसरी धानिएला र !”
गौरादह– १२, झापा
Subscribe
Login
0 Comments
Oldest








































