साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नायक

Nepal Telecom ad

“आमा, उज्यालो हुन लागेको हो ?”– जाडोले कठ्याङ्ग्रिएर दुलोभित्र डल्लो परिरहेको स्यालको छाउराले सोध्यो आमालाई ।

“छैन ।”– आमाले उत्तर दिई र प्रश्न पनि थपी– “तैंले कसरी थाहा पाइस र उज्यालो हुन लागेको कुरा ?”

“बाहिर खल्बली सुन्नु भएन र ? उज्यालो हुन आँटेजस्तो ।”– छाउराले कारण बतायो ।

“धत लाटा त्यो उज्यालो हुन आँटेको खल्बली हो त ? तित्रा बासेको पो त ।”– आमाले स्थिति बताईदिई ।

“किन तित्रा चै उज्यालाका लागि बास्तैन र ! आमा ?”– छाउरो निराश भयो आमाका कुरा सुनेर ।

“तित्राको मुखै बैरी, बास्न पाए पुग्छ । त्यसैले त चतुर सिकारीको पासोमा सजिलै पर्छ पनि ।”– आमाले तित्राको अवगुण बताई ।

“उसोभए अब कहिल्यै उज्यालो र घामको न्यानो हाम्रा आङमा नपरि हाम्रो जिन्दगी सकिने भो त आमा ?” – छाउरो झन निराश भयो ।

“तित्रा बासेर उज्यालो हुँदैन उज्यालो हुन त भालेनै बाँस्नु पर्छ भन्छ्न छोरा ।”– आमाले स्पष्ट पारी र छोराको आशा जगाउँन थपी– “बास्ला नि एकदिन न एकदिन त । सधैं दिन त एकनास हुँदैन भन्छन् झन युगयुग नै त तित्राकोमात्र नायकीले कसरी धानिएला र !”

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x