साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसार फेसबुकमा छरपस्ट छ

Nepal Telecom ad

‘फेसबुक स्टाटस’ले मानिसको सामाजिक सम्बन्धलाई मात्र उजागर गर्दैन, उसको मानसिक द्वन्द्वलाई पनि प्रस्ट पार्छ । ‘ह्वाट इज इन योर माइन्ड ?’ जवाफ दिने क्रममा आफ्नो मनको कुरामात्र ‘अपडेट’ गरिँदैन, आफ्नो बानी–बेहोरा पनि सार्बजानिक भैरहेको हुन्छ । कहिलेकाहीँ ‘पोस्ट’ गर्ने सुन्दर तस्बिरले मात्र हाम्रो भावना सुन्दर देखिँदैन, दैनिक ‘अपडेट’ गरिने ‘स्टाटस’ले पनि हामी कस्तो देखिन्छौं र कस्ता छौं भन्ने कुराको निर्धारण गर्छ भन्ने गजुरियल ठम्याइ छ ।

एउटा जमाना थियो, विवाह गर्ने बेलामा केटाकेटीको टिपन मिलाइन्थ्यो । गजुरियल विश्लेषण भन्छ– अब फेसबुक मिलाए पुग्छ । आफूले विवाह गर्ने केटीको आनिबानी, रुचि, स्वभाव कस्तो छ भन्ने कुरा उसको फेसबुक प्रोफाइल ‘भिजिट’ गरे हुन्छ । सम्भावित श्रीमान्को विचार, सम्पर्क र सम्बन्ध कस्तो छ, उसको ‘लाइक’ ‘कमेन्ट’ ‘फ्रिक्वोइन्ट भिजिटर’को लिस्ट हेरे पुग्छ ।

फेसबुक अरूका लागि सामाजिक सञ्जाल हो तर प्रयोगकर्ता स्वयंका लागि आन्तरिक पहिचान हो । कस्ता भिडियो ‘लाइक’ गरिन्छ, कुन स्टाटस ‘सेयर’ गरिन्छ, कस्ता साथीलाई ‘इन्भाइट’ र ‘सजेस्ट’ गरिन्छ, त्यसैका आधारमा अरूले हाम्रो पहिचान गर्छन् । फेसबुक कसैको व्यक्तिगत पुस्तिका रहेन, त्यहाँ सानो सन्देशले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । मेरो ठूलो प्रस्तुतिले पनि केही नगर्न सक्छ । त्यसैले सञ्जालमा जोडिएपछि यो मेरो निजी मामिला हो भनेर अराजक हुनुहुँदैन भन्ने गजुरियल ठम्याइ छ ।

अहिले धेरै सर्वसाधारण फेसबुकमा पहुँच राख्छन् । यसले तोडिएका सम्बन्धलाई जोड्ने काम पनि गरेको छ । जोडिएका सम्बन्धलाई तोडिने अवस्थामा पनि र्पुयाएको छ । गजुरियल विश्लेषक भन्छ– सञ्जाल भनेकै जोड्ने हो । जोड्ने माध्यमको प्रयोग गरेर सम्बन्धहरू तोड्ने खालका कमेन्टस वा स्टाटस लेख्नु हुँदैन । मनले सोचेका र मस्तिष्कले अराएका सबै कुरा फेसबुकमा छरपस्ट गर्नु बेवकुफी हो । मन र फेसबुकको बीचमा एउटा बुद्धि भन्ने ‘बटम’ पनि छ, त्यसलाई पनि प्रयोग गर्नुपर्ने गजुरियल सुझाव छ ।

मान्छे अशान्त, अधैर्य, आक्रोशित, निराश र उत्तेजित छ भन्ने कुरा फेसबुक स्टाटस वा त्यसमा देखिने कमेन्टबाट थाहा हुन्छ । रिस र आवेगमा लेखिएका स्टाटसमा लाइक र कमेन्टको बाढी देखिन्छ । घृणा र द्वेश फैलाउने खालका विषयहरू सबैभन्दा बढी सेयर हुन्छन् । तिरस्कार र अपराधका ‘पोस्ट’हरू सबैभन्दा बढी ‘भाइरल’ भएको देखिन्छ ।

गजुरियल विश्लेषण भन्छ, हाम्रो ‘स्टाटस’ हौसला उन्मुख हुनुपर्छ । अरूको स्टाटसमाथिको प्रतिक्रिया सिर्जनात्मक हुनुपर्छ । जीवनउपयोगी ‘लिंक’ नै सेयर गर्नुपर्छ । सुन्दर ‘पिक्चर’ सेयर गर्नुपर्छ । समाजउपयोगी भिडियोमात्र भाइरल बनाउनुपर्छ । नराम्रा विचारमा राम्रा प्रतिक्रिया दिनुपर्छ । असल साथीमात्र ‘एसेप्ट’ गर्नुपर्छ अनि समय मिलाएर मात्र फेसबुक चलाउनुपर्छ ।

इन्टरनेट एउटा भव सागर हो, यहाँ यसको मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन वा तपाईंले चाहेजस्तो मात्र चल्छ भन्ने पनि होइन । संसारमा मानिसको जति संख्या छ, त्यति नै विचार छन् । ती सबैलाई मैले भनेझैं बनाउन असम्भव छ । यद्यपि एउटा कुरा के चाहिँ सत्य हो भने आफ्नो फेसबुक आइडी आफ्नै नियन्त्रणमा छ । त्यसलाई समाजउपयोगी हिसाबले चलाउन सकियो भने त्यही ठूलो कुरा हो ।

कहिलेकाहीँ लाग्न सक्छ, संसार फेसबुकमा छरपस्ट छ । सामाजिक सञ्जालहरूले मानिसको मनोदशालाई बजारमा छ्यालब्याल पारिरहेका छन् । यहाँ म एउटाले यसको सदुपयोग गरेर के नै हुन्छ र ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यसको जवाफमा एउटा नीति कथा सुनाएर आजको गजुरियल विश्लेषण समाप्त गर्छु– कुनै विशाल समुद्रमा एकपटक एउटा ठूलो आँधी आयो । आँधीले लाखौं माछालाई किनाराभन्दा धेरै पर–परसम्म र्पुयाएको थियो । आँधी थामिएपछि माछाहरू किनारामा पानीको अभावमा तड्पिइरहेका थिए । त्यही ठाउँमा एउटा सानो बालक एक–एक माछा टिप्दै समुद्रमा फाल्दै थियो । एकजना साधु त्यहाँ पुगे र अचम्म मान्दै उनले सोधे– ‘बाबु, लाखौं माछा छटपटाई रहेका छन् । तिमीले एक–दुईवटा माछालाई बचाएर के फरक पर्छ र ? बालकले एउटा माछालाई समुद्रमा फाल्दै साधुलाई जवाफ फर्कायो– ‘सबैलाई फरक नपरे पनि मैले समुद्रमा फिर्ता पठाएको माछालाई त फरक पर्छ नि ।’

साप्ताहिक, पुस ५, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x