साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहर र मान्छे !

Nepal Telecom ad

सारा सहर देखिन्छ आगलागी भएसरि
जता हेर उतै धूवाँ ढाकिएको छ बेसरी !
प्रदूषित नदी(नाला बगेरै ढल फोहर
दुर्गन्ध मलको थुप्रो गल्ली – चोक सबैतिर !
(१)
जसरी छोपिएको छ माटो कंक्रिटले यहाँ
मोटो खोल नओढेको मन त्यो पाउने कहाँ ?
प्रकृति धेर नै टाढा कृत्रिम जिन्दगी यहाँ
सधैँ शुष्क यहाँ मान्छे झुटो छ समवेदना !
(२)
ठूलो संघर्ष आस्था र अनास्थाबिचमा चली
ओठमा सिर्जिएको छ क्षीण मुस्कान नक्कली
शुद्ध त्यो मनको भाव पैसामा आज साटियो
भोको उदरका लागि खुलेरै लाज बाँडियो !
(३)
स्नेहको मूल सुक्तैछ छैन भाषा मिठासको
मात्र कागतका पुष्प कहाँ वास सुवासको ?
रङ्गिन काग नै धेरै मयूर असली कहाँ ?
हर्ष, बिस्मात औ सिंगै जिन्दगी नक्कली यहाँ !
(४)
तिम्रा सहरका केही बाध्यता छन् भने पनि
कुण्ठा र स्थितिले मान्छे बेसरी थिचिए पनि
जसरी पहरा फोडी निस्कन्छ भित्रको जल
खोज्दै छु मनमा तिम्रो रस मिल्छ कि निर्मल ?
(५)
‘तिमी नरहे देश डुब्न्या छ’ कवितासङ्ग्रहमा २०५६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x