साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशै बिरामी भयो

Nepal Telecom ad

उड्छन् दैनिक धेर कर्मठहरू पाखो बिरामी भयो
छोडे सन्ततिले भुलेर ममता माटो बिरामी भयो
भोग्दै हण्डर धेर खेप्न नसकी आभा बिरामी भयो
फिर्छन् ती जब बन्द बाकस यहाँ नाता बिरामी भयो ।

भत्केका निधि हेर मन्दिरहरू सृष्टी बिरामी भयो
भोकै बस्न छ बाध्य साधक यहाँ स्रष्टा बिरामी भयो
मर्छन् मानिस ओखती नकल ती डाक्टर् बिरामी भयो
पाएनन् जब काम शिक्षित यहाँ मास्टर् बिरामी भयो ।

सत्ता रोग भयो प्रशासन उही चिन्तन् बिरामी भयो
पुच्छर्नै जब थाल्छ शासन भने नेता बिरामी भयो
सत्ता मात्र सधैं लुछालुछ गरे आस्था बिरामी भयो
गर्दैनन् शुभ कर्म अक्षमहरू बाचा बिरामी भयो ।

नेपाली अति वीर भूत जगमा ऐले बिरामी भयो
यस्तैमा पनि चल्छ देश जसले सोच्यो बिरामी भयो
जागेनौं यदि आजकै दिनभने आत्मा बिरामी भयो
बोलेनौं अझ चुप्प नै सहिदिए बाँकी बिरामी भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x