साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चलेको छ

Nepal Telecom ad

दुश्मनसँग सुख दुःख, आदान प्रदान चलेको छ ।
लैजाऊ नाउ मझधारमा, आज तूफान चलेको छ ।

बाँच्न गाह्रो भयो झन् झन् मर्न भने सजिलो भो
घर चल्न छोडेको छ, तर मसान चलेको छ ।

खडेरी छ छातीभित्र आँखा सिँचाई गर्न छाडे
अझै पनि पिरतीको, खेती किसान चलेको छ ।

बन्द भए मल्हम बेच्ने ठूला ठूला दबाई पसल
शराब बेच्ने साहुनीको, सानो दोकान चलेको छ ।

भगवानले दिन्छन् भन्छन् खै कसलाई के दिए र
मन्दिरमा मैले दिएँ, त्यसले भगवान चलेको छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x