साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा म त हिरो भाछु

Nepal Telecom ad

पढ्न त जिरो भाछु
साँच्चै हो बा म त अचेल
फिलिमको हिरो भाछु
सरले पढाउदा पनि
फिलिमकै सपना देख्थेँ
झन सरले भन्या त के लेख्थेँ
कक्षाकी तरुनीलाई हेर्दै
मनमा फिलिमकै पटकथा लेख्थेँ
राती त सबैले देख्छन् नै
मैले त बा दिउँसै सपना देख्थेँ
उसलाई त आफ्नै हिरोइन लाग्थ्यो
उसले नपत्याए पनि
मन उसकै पछि भाग्थ्यो
ठुलो पर्दामा नपाए पनि
भिडियोमा फिल्मा खेल्याछु
भिडियो फिल्ममा भन्दा झन
एल्बममा खुब चल्याछु
पढाई लेखाइ त जिरो भाछु
तर के भो त
अब त म हिरो भाछु ।
नेता बन्ने चक्कर पनि लागे
पार्टीमा छिरेर
आर्कोलाई फाल्ने टक्करमा पनि लागेँ
त्यहाँ पनि कहाँ सजिलो रहेछ र बा
केही सिप नलागेपछि
टेन्सनले केही दिन त कंक्कडमा लागेँ
अरु काममा त जिरो भाछु
जे भए नि बा
नचल्ने फिलिमको भए पनि हिरो भाछु ।
तर हिरो भए पनि के गर्ने
खान लाउन पनि पुग्दैन
जति ढाक छोप गरे पनि कुरो लुक्दैन
कलाकार भोकै मरे पनि यहाँ
सरकारको मन दुख्दैन
भोकै बसे पनि
तर तिम्रो छोरो झुक्दैन
कमाइ धमाइमा त जिरो भाछु
तर जे भए बा
तिम्रो छोरो फिल्मको हिरो भाछु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x