साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितालाई शूली

Nepal Telecom ad

बन्दुकजस्तो आवाज निकालेर पट्कन्न कविता
तर बुलेटभन्दा बुलन्द हुन्छ
कविताबाट निस्कने आवाज ।

निर्धारित सीमाको कोर्रा लगाउँदैमा
कहाँ खुम्चेका छन् आजसम्म शब्दहरूको शक्ति ?
न त प्रदेशको सीमाङ्कन खोजेर
उरालेका छन् चिच्यावटका कर्कश ध्वनि ।

कविताहरूले जुन दिन बिर्सन्छन् नि
कवित्व क्षमता,
त्यो दिन शब्दले नै उठाउने छ औँला
आफ्नो अस्तित्व निर्धारणका लागि ।

कहिलेकाहीँ पोखिन्छन् शब्दहरू
विरोधको विद्रोहमा ।
शासकहरू नकमाउनू आफ्नो आत्मबल
र देश निकाला नगर्नु कवितालाई ।
कविताको सीमा हुँदैन,
कविताको देश, रङ र जात पनि छैन आजसम्म ।
शासकत्व जानेको नाममा
सहज स्वीकार गर्छ भन्ने ठान्दै
चढायौ भने कवि र कवितालाई शूली
विचार्नू, तिम्रो विचारको तुषारापातले
तिमीलाई नै सिध्याउने छ,
जसरी सकिएका थिए हिजोका कालपुरुषहरू ।

तिम्रो नियतमा जस्तो क्रुरता हुँदैन शब्दसँग
न त विभेदको विश्वासमा विस्तारित छ
कविताको आयाम ।
फेरि यो नठान्नू,
मूर्दा शान्तिको अर्को नाम हो कविता ।

पख,
कवि र कविताले शूली चढ्नु परे पनि
सकिन्न शासकको शक्तिजस्तो कविताको शक्ति ।
शोकलाई शक्तिमा बदल्छ ।

बन्दुकजस्तो आवाज निकालेर पड्कन्न कविता
तर बुलेटभन्दा बुलन्द हुन्छ
कविताबाट निस्कने आवाज ।

पन्द्रुङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x