साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिद्ध घुम्छ आकाशमा

Nepal Telecom ad

गिद्ध घुम्छ आकाशमा पन्छीहरू डराउँदै छन्
परेवाको गुन्जबाट बचेरा ती हराउँदै छन् ।

सलहले दुख दिन्छ आमा भन्छिन् आँसु झारी
छोरो आउने हो कि होइन दुख छ रे मुग्लान पारि
बाबा भन्छन् खिया लाग्यो खुकुरीको धार छैन
सबै आफ्नै तालमा नाच्छन् हाम्रो सरकार छैन ।

जोगाउने कसरी हो छोरीहरू हराउँदै छन्
गिद्द घुम्छ आकाशमा पन्छीहरू डराउँदै छन् ।

दाजुभाइमा मेल छैन देख्छु सधैँ जालझेल
कहिलेसम्म चल्ने होला यहाँ मर्ने मार्ने खेल
छिमेकीकै भर छैन कस्तो बेला आयो हजुर
अरूलाई सताएर आफू मात्र खायो हजुर ।

उज्यालोको भान छैन स्याल, हुँचिल कराउँदै छन्
गिद्द घुम्छ आकाशमा पन्छीहरू डराउँदै छन् ।

हेटौडा
२०७२।१०।१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x