साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर कान्छा

Nepal Telecom ad

हेर कान्छा
तेरा बा बितेको
दुई महिना हुन लागेछ
उनी त मरे, गए
हामी बाँच्नेलाई पो गाह्रो छ
यहाँ हेरेक पलमा मान्छे
यमराजको तारो छ ।

भुकम्पले पनि हामीलाई सतायो
बाढी पहिरोले पनि हामीलाई सतायो
हुँदा हुँदा यो नाकाबन्दीले पनि
हामीलाई अतायो
खै संविधान आए सब ठीक हुन्छ भन्थे
तर अब कसले पत्यायो
धामीले दाइ भन्दै थे
यो सब पापको फल हो
तर हामी गरिब त
के पाप पो गरिम होला
जहिले पनि दुःख मात्र र ग¥या हो
मन्दिर नभए पनि ढुङ्गाको पूजा गेरेकै हो ।

पाप त नेताले गर्या भन्छन्
मर्दा जनता मात्र मरेँ भन्छन्
खै नेता त कोही मरेनन्
भुकम्पमा पनि कोही परेनन्
भगवान पनि छैन होला
भए पनि त न्याय गरेनन्
असिनाले पनि हामीलाई सतायो
हावा हुरिले पनि हामीलाई अत्यायो
हामी जनतालाई त
नेताहरूले पनि ठगे
ठगहरूले पनि ठगे
डाँकाहरूले पनि लुटे
नेताहरूले पनि भुटे ।

हेर कान्छा
भुकम्प, बाढी, पहिरो
र यी नेता त मलाई उस्तै लाग्छ
देश र जनताको लागि त
यी सबै बिनासकारी नै लाग्छ
हामी त अब डुब्न लागेका घाम
थाह छैन आज हो भोलि हिंड्ने परमधाम
तर तिमीहरू अब उठ्नु पर्छ
युवा शक्ति जुट्नु पर्छ
यो देश र जनता
यी बिनासकारीहरूको पन्जाबाट
जसरी हुन्छ छुट्नु पर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x