साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेशल मुक्तक–२

Nepal Telecom ad

१. दर्शनको फसल

राजनीतिको व्यापार र
व्यापारको राजनीतिपछि
के कोदो ? के तोरी ?
यहाँ कुनै असल भएनन् ।
इच्छाहरू अधुरा भएर
दर्शनको फसल अब्बल भएनन् ।

२. राहत

संसद बस्दा संसदका कुरा
विघटनपछि शैली नै अधुरा
राहत त केवल निहूँ हो ?
भित्रभित्रै आहत र मर्माहतको छुरा !!

३. विभाजन

माछालाई जलचर
जमिनका प्राणीलाई स्थलचर ।
भ्यागुता र मान्छेको सम्बन्ध छ क्यारे–
दुवैको धानी पुग्दैन दुवै उभयचर !!

४. मान्छेको खोजी
दूधमा पानी होइन पानीमा दूध मिसाउँन थाले
चामलमा ढुङ्गा होइन बरु ढुङ्गामा चामल खोज्न थाले ।
मानिसमा राक्षसको खोजी गरिन्थ्यो हिजोहिजो,
अब त राक्षसमैँ मानिस रोजिन लागे ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x