साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाउमा भाग लाऊ

Nepal Telecom ad

ए साउ
धार्नी होइन
किलोमा पनि होइन
पाउमै भाग लाऊ ।

धार्नी त बाजेले खान्थे
किलोमा बाले खाए
नातिको पालामा त
अब पाउमै खाने
एक पाउ फर्सी
एक पाउ दाल
आधी पाउ लसुन
एक पाउ आलु
पाउको नै जिन्दगी भाछ
त्यसैले जे पनि
पाउमै किनी खाने हो ।

धार्नी खाने आँट छैन
किलोमा खाउँ भने गाँठ छैन
आधा किलो लाने त
आज पनि छाँट छैन
ए साउ
यो लिस्टमा भाको पाउमै भाग लाऊ ।

आधी तलब
घरभाडामा जान्छ
बाँकी आधीको आधी
उधारोले लान्छ
बाँकी बचेँको अलिकति
अलिकति छोराको फिसले तान्छ
यसो भएपछि पाउमा नखाएर
यो छोरोले किलोमा के खान्छ ?
अझ गाडीको भाडा कसरी धान्छ ?
त्यसैले छोरो अफिस जाँदा पनि पाउमै जान्छ ।
पाइन्छ भने लुगा पनि
अब पाउमै किन्ने हो
पाइन्टको सट्टा अब
हाफपाइन्टमा नै हिँड्ने हो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x