साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल ?

Nepal Telecom ad

आफ्नै राज थियो विभिन्न निहुँमा राजाहरूले चुसे
बिर्ताझैँ सय वर्षसम्म कसरी राणाहरूले चुसे
पाई शक्ति चुनावबाट दलका नेताहरूले चुसे
व्यापारी, डन, माफिया र पदका क्रेताहरूले चुसे !

प्राणैसम्म लिने गरी मुलुकमा दाह्रा सबैले धसे
नाना रुप लिएर भित्र अब ता छद्मी बलैले पसे
द्वन्द्वै द्वन्द्व बढेर नै प्रगतिका आधार पूरै रुके
मौका पाइरहे तथापि दलका नेताहरू नै चुके !

देशै स्वर्ग बनाउने प्रण गरी दिन्छन् दिलासाहरू
बाँड्दै भाषणबाट स्वप्न कसरी बन्छन् तमासा बरु
सत्ता केन्द्रित राजनीति सबको धन्धा उही लूटको
भ्रष्टाचार मिटाउने पनि कुरा गर्छन् उनै झूटको !

आफ्नो मान र शान बढ्छ कसरी ? मौका सबैले ढुके
आफ्ना ती ‘प्रभु’का अघिल्तिर सधैँ लत्रेर पूरै झुके
खूबै हार्दिक–भावसाथ उनले खै, मन्त्र कस्तो फुके ?
लोलीमा कसरी सहर्ष यिनले बोली मिलाई घुके !

सौदा हुन्छ यहाँ इमान–मनको, बिक्ने सलामी पनि
छायामै कति अस्मिता र तनको गर्छन् लिलामी यिनी
मौका व्यर्थ कहाँ गुमाउँछ उसै सिद्धान्तका खातिर ?
पाए बेच्न तयार हुन्छ सहजै यो राष्ट्र नै आखिर !

मेलै छैन, छ वैमनष्य, सबका छन् दाउ, छिर्की बरु
देशै फोड्न तयार छन् नित दिंदै धम्की र घुर्कीहरू
झुक्दा राष्ट्रिय स्वाभिमान कसरी बच्ला र देशै पनि ?
व्यर्थै द्वन्द्व बढाउने जति सबै हुन् देश–द्रोही यिनी ?

हाम्रो राष्ट्र सधैँ अखण्ड छ भनी कुर्लेर मात्रै भयो ?
कोरा राष्ट्रिय भावना मनमनै उर्लेर मात्रै भयो ?
आएरै कुन योग्य जादुगरले यो राष्ट्र जोगाउला–
भन्दै मस्त पिई सुतेर अब को अस्तित्व टेकाउला ?

यस्तो हालत देखिदैछ कसरी होला यहाँ उन्नति ?
धेरै वर्ष बिते छुसी नियतले पूरै भयो दुर्गति
तन्नेरी बल–पाखुरा खटिदिए आधार हुन्थ्यो यहाँ
हाम्रा यी मन–भावना जुदिडिए नेपाल बन्थ्यो नयाँ ?

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x