साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रगान !!

Nepal Telecom ad

पत्रकारहरू मादल बजाउँछन्,
लेखकहरू खैँजडी ठटाउँछन्,
नेताहरू गीत गाउँछन्,
कर्मचारीहरू भुँडी ढक्ढक्याउँछन्,
यही लयमा बज्छ
यो देशको राष्ट्र गान ।

भोका नाङ्गाहरूको सुस्केरा,
सिंहदरबारको उछ्वास,
अभावको दोहोरी,
महँगीको घण्ट,
सिपाहीको धारिलो बुट,
यावत् सङ्गीत भरिन्छ राष्ट्रगानको ।

समयले मौका छोप्छ,
एउटा कालो जन्तु आउँछ, खुट्टो उचालेर फर्कन्छ
अर्को आउँछ, खुट्टो उचालेरै फर्किन्छ
खैरोको होमवर्क पनि उसैगरी दोहोरिन्छ,
त्यो अविच्चिन्न क्रियामा
म सिंहदरबारको अमूर्त चित्र देख्छु !
जारी छन् नियम उपनियम
र, सत्ता परिवर्तनका च्याँखेदाउहरू !

‘बुद्धिमान्’ जन्तुहरू
पालैपालो
इँजार खोल्छन्, कस्छन्
नेपथ्यमा बजिरहेको छ,
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको
पार्श्व–सङ्गीत !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x