साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशा गरौँ

Nepal Telecom ad

आशा गरौँ
जुँगाहरूले पाइताला चाट्ने छैनन
हामीहरूलाइ सूर्यतिर फर्काएर
आफै अँध्यारोमा हराउने छैनन्
शब्दहरू लज्जित छन्
भावहरू भयभित छन्
उनीहरूका बोलीबाट,
र पनि
आशा गरौँ
रहिरहनेछ नाकको इज्जत
नाकहरू
कुनै चिल्लो भित्तामा ठोकिएर
फुट्ने छैनन्
यी आन्दोलनहरू
नाकबिहीन हुने छैनन्
आशा गरौँ
जुँगाहरूले पाइताला चाट्ने छैनन्
छायाँलाइ बुझ्न घाम भन्नुपर्ने भयो
रातलाइ बुझ्न दिन भन्नुपर्ने भयो
शब्द खिइरहेको छ
विश्वास बगिररहेको छ
र पनि
आशा गरौँ शब्दकोषहरू शब्दहीन हुने छैनन्
आशा गरौँ शब्दहरू अर्थहीन हुने छैनन्
हामीहरूलाई सूर्यतिर फर्काएर
आफै अँध्यारोमा हराउने छैनन्
आशा गरौँ जुँगाहरूले पाइताला चाट्ने छैनन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x