साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुन कसका लागि ?

Nepal Telecom ad

महान अपराधी
बाँचिरहेछ समाजमा
निर्धक्क भएर
पैसाको कारण
अनि
फितलो कानुनको फाइदा उठाएर
हरेक नारीको हत्या गरेर
ज्यान मारेर
बलात्कार गरेर
निर्घात कुटपिट गरेर
तर
लाग्दैन कानुन
पक्रिदैन कसैले
अझै हिँडिरहेको छ समाजमा

खुल्ला भएर सडक
अनि गल्ली गल्लीमा
केबल
पैसाले कानुनबाट बचेर
नाबालिका माथि बलात्कार गर्ने
हरेक नारिको हत्या गर्ने
सम्पत्तिको नाममा आमा मार्ने
बाबू मार्ने
दाजुभाइ मार्ने
महान अपराधी !
कानुनले उसलाई कुनै सजाय दिँदैन
दण्ड दिँदैन,
जरिवानाको त कुरै छाडौँ
केबल
पैसाको बिटो देखाएपछि
बच्छ ऊ
पत्येक कानुन र सजायबाट
किन बच्दैछन् यस्ता अपराधी ?
ज्यान मारा,
बलात्कारी
भ्रस्टाचारी,
नारी शोषक ?
हरेक प्रश्नलाई
मनका कुण्ठामा बान्दै
तेरो फितलो नियम

कानुनबाट आक्रोशित बन्दै
सरकार
तँलाई एउटा प्रश्न,
यदि
ज्यानमारा
बलात्कारी
यौन शोषक
अपराधी
भ्रष्टाचारी
अनि
हत्यारालाई कैद हुन्न भने
कानुन लाग्दैन भने
पैसाले नियम तोडिन्छ भने
अपराधी खुल्ला भएर
बाँच्न पाउछ भने समाजमा
यो
ऐन
नियम र,
कानुन कसका लागि ??

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x