साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक

Nepal Telecom ad

१.हविगत

अस्पतालहरू सुविधाविहीन बनाइएपछि
नर्सिङ् होमहरू एक्कासी चम्किए ।
पैसा जम्मा गरेर रोगी हुनै पर्ने संस्कारले
जनता खुम्चिए, डाक्टरहरू सन्किए ।

२. पुनर्जागरण

कृषि, स्वास्थ्य, शिक्षा, उद्योग
राष्ट्र कतै पनि लागेको छैन ।
जताततै असरल्ल समस्याका थुप्राहरू छन्–
उन्नति गर्ने पुनर्जागरण अझै जागेको छैन ।

३. अमेरिका
अमेरिका धनी डलरको देश
यहाँ अमेरिका शान्तिको सन्देश ।
गरिब र स्वाभिमानी सबै उसका शत्रु–
बाहिर नर, भित्र वानरको भेष !!

४. दुई जीब्रे प्रजातन्त्र
लालुको जस्तो प्रजातन्त्रको
आलुको जस्तै भएछ भाउ ।
हात्तीका दुई थरी दाँत भएझैँ
एउटा देखाऊ, अर्काले चपाऊ ।

५. घाउका टाटाहरू
विकासको चार्ट निरन्तर उकालिन्छ
जताततै भत्केका बाटाहरू छन् ।
राजनैतिक प्रतिद्वन्द्विताले मुलुक चौपट भैसक्यो
जनताका हृदयमा घाउका टाटाहरू छन् ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x