साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितामा प्रेम

Nepal Telecom ad

प्रणय दिवसको अबसर पारेर आरम्भले ‘कवितामा प्रेम’ कवि गोष्ठीको आयोजना गर्यो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समालोचक पुस्कर लोहनी, विशेष अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा अतिथिहरू ज्ञानुवाकर पौडेल, गोपाल पराजुली, राधेश्याम लेकाली, लक्ष्मी प्रसाइ, राजन न्यौपाने, लगायत चार दर्जन स्रष्टाहरूको उपस्थिति थियो ।

कार्यक्रममा सबै स्रष्टाहरूले प्रेम रसका रसिला, कसिला जोशिला र मिठा मुक्तक, ठोक्तक, जोक्तक, कबिता, गीत, गजलहरू प्रस्तुत गरेका थिए । प्रेम ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली, प्रेम ओली ढकलपुरे, लक्ष्मी प्रसाइँ, डिल्ली प्रसाद मुलतिहुन, लीलाधर पाण्डे, सरस्वती गौतम, रोहित कार्की, रुद्र अधिकारी, बामदेव शर्मा, पुन्य आचार्य, उदय दास, उदास कार्की, दिनेस लुइटेल, राजन न्यौपाने, जनार्धन धड्कन, इश्वरी कार्की वर्षा, गोपाल नेपाल, उर्मिला पन्त, केसबराज यात्री, रश्मी रिमाल, सबिता श्रेष्ठ बेहोसी, प्रतिक बराल, मनिराम शर्मा, सिता प्याकुरेल लगायतले बिभिन्न भाषामा आफ्ना रचनाहरू वाचन गरेका थिए ।

इन्दु अङ्शुले सञ्चालन गरेको उक्त कार्यक्रम घट्टेकुलो विकास समाजमा भएको थियो भने कार्यक्रमको सौजन्यता अमेरिकामा बस्ने अरम्भका सदश्य राकेश बस्नेत गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x