साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘काठको बाकस’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौं, फागुन १ । कवि चन्द्र घिमिरेको कविता सङ्ग्रह ‘काठको बाकस’ सार्वजनिक भएको छ । शनिबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा कवि श्यामल र निबन्धकार रोशन शेरचनले उनको कविता सङ्ग्रह विमोचन गरे ।

सङ्ग्रहमाथि टिप्पणी गर्दै कवि श्यामलले यो सङ्ग्रहमा रहेका कविताले नेपाली कविता जगतमा कवि घिमिरेको पृथक व्यक्तित्व निर्माण गरेको दाबी गरे ।

यस्तै निबन्धकार शेरचनले उनका कवितामा गाउँको नोस्टाल्जियाको सुन्दर चित्रण भएको बताए । सचेततापूर्वक नवीन बिम्ब प्रयोग गर्न सिपालु घिमिरेले कवितामा आख्यानलाई समेटेको उनको भनाइ छ ।

संग्रहमा रहेका दुईवटा कविताहरू ’एउटा आइमाइ दैनिकी’ र ’आत्मघाती लडाकु’ शीर्षकका दुई कविता शिल्पीका कलाकारहरूले मञ्चन गरेका थिए । यी कविताहरूको निर्देशन शिल्पीका घिमिरे युवराजले गरेका हुन् ।

कवि घिमिरे प्रधानमन्त्रीको कार्यालयका सचिव हुन् । सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य १९९ रुपैंया रहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x