प्रेम ओली ढकलपुरेबाँदरको प्रेमदिवस
मलाई लागिरहन्थ्यो
के बाँदरको पनि भ्यालेन्टाइन डे हुन्छ
प्रेम दिवसले के यिनलाई पनि छुन्छ
बाँदरको प्रणय दिवस हेर्न पशुपतिमा गइयो
त्यस दिन
बाँदरको प्रणय दिवस देखेर छक्क नै भइयो ।
एउटा बाँदरले ल्याएर
एउटी बाँदर्नीलाई पहिले अम्बा दियो
त्यसले मुखमै चुम्बा दियो
एक छिनपछि दुबै
अँगालोमा बाँधिए
हेर्दा हेर्दै एक अर्कामाथि खाँदिए
बाँदर्नीले आफ्नो प्रेमीको
घरी जुम्रा मारिदिन्छे घरी धुलो झारी दिन्छे
उसको गाला मुसार्दै चुटिक्क पो पारी दिन्छे
बाँदर जगल्टे रहेछ
घरी कपाल बाटी दिन्छे
मान्छेबाटै सिकेकी हो कि
टङ किस गर्दै जिब्रो नै चाटिदिन्छे ।
बाँदर झन के कम
बादर्नीलाई क्याटरिनालाई झै सुमसुमायो
सन्नीलाई झै थुमथुमायो
त्यसपछि अगाडि अगाडि पो बढ्यो
बाँदर्नीलाई फनक्क घुमाउँदै घोडा चढ्यो
बाँदर्नी भुतुक्क लजाई
आज मान्छेहरूलाई देखेर हो कि
बाँदरको कन्चटमै बजाई
मान्छे नभएको भए के कसो गर्थी
तर आज बार्दनीले
आफ्नो मात्र होइन
हाम्रो समेत लाज बचाई ।
तर नजिकै झाडीतिर
एउटा जगल्टेले निर्धक्क
प्रेम दिवस मनाइरहेका थियो
बाँदरको अगाडि
मान्छेको जात जनाइरहेका थियो ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































