साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर कान्छा

Nepal Telecom ad

हेर कान्छा
तेरा बा बितेको
दुई महिना हुन लागेछ
उनी त मरे, गए
हामी बाँच्नेलाई पो गाह्रो छ
यहाँ हेरेक पलमा मान्छे
यमराजको तारो छ ।
भुकम्पले पनि हामीलाई सतायो
बाढी पहिरोले पनि हामीलाई सतायो
हुँदा हुँदा यो नाकाबन्दीले पनि
हामीलाई अत्यायो
खै संविधान आए सब ठीक हुन्छ भन्थे
तर अब कसले पत्यायो
धामीदाइले भन्दै थे
यो सब पापको फल हो
तर हामी गरिबले त
के पाप पो गरिम होला
जहिले पनि दुःख मात्र र ग¥या हो
मन्दिर नभए पनि ढुङ्गाको पूजा गेरेकै हो
पाप त नेताले ग¥या भन्छन्
मर्दा जनता मात्र मरे भन्छन्
खै नेता त कोही मरेनन्
भुकम्पमा पनि कोही परेनन्
भगवान पनि छैन होला
भए पनि त न्याय गरेनन्
असिनाले पनि हामीलाई सतायो
हावा हुरीले पनि हामीलाई अत्यायो
हामी जनतालाई त
नेताहरूले पनि ठगे
ठगहरूले पनि ठगे
डाँकाहरूले पनि लुटे
नेताहरूले पनि भुटे
हेर कान्छा
भुकम्प, बाढी, पहिरो
र यी नेता त मलाई उस्तै लाग्छ
देश र जनताको लागि त
यी सबै बिनासकारी नै लाग्छ
हामी त अब डुब्न लागेका घाम
थाह छैन आज हो कि भोलि हिंड्ने परमधाम
तर तिमीहरू अब उठ्नु पर्छ
युवाशक्ति जुट्नु पर्छ
यो देश र जनता
यी बिनासकारीहरूको पञ्जाबाट
जसरी हुन्छ छुट्नु पर्छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x