साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्माको रङ

Nepal Telecom ad

ऊ बालक
ऊ सम्भावनाको आलोक
लिएर छायाँको आकार
बाँचेर अर्थहीन अनुकरण
पटक पटक भन्ने नगर तिमी उसलाई
त्यही एउटै चस्मा लगाऊ
जो लगाउँदै छौ तिमी युगौँदेखि
र, भन्दै हिँडेका छौ
त्यही रङ्गबाट अगाडिका
सारा दृश्य हेर ।

ऊ नवीन बिहान
ऊ उज्यालोको मुहान
बुझ —
खुइलिसकेको तिम्रो चस्माको रङबाट
देखिएका दृश्यमा कदापि रम्न सक्दैन ऊ
तेजिलो गति हुनुको अर्थमा
अनन्त ऊर्जा हुनुको अभिप्रायमा
पोखरीको तरङ्गहीन पानीझैँ
एकै पल पनि चुपचाप जम्न सक्दैन ऊ ।

बिडम्बनाले उभ्याएको
अहङ्कारको शालिक अगाडि
झुक र ढोग मात्र
किन भन्दै छौ अझै उसलाई !
फेरि पनि बुझ—
तिम्रो धुलो जमेको चस्माको रङबाट
जो तिमी देख्दै छौ साँघुरो संसार
त्यसमा त ऊ
आफ्नै तस्बिर पनि प्रस्ट देख्न सक्दैन
आफ्नै यात्राको अभिलेख पनि पूरा लेख्न सक्दैन ।

सधैँ सधैँ
उसकै स्वस्थ र नाङ्गा आँखाले
सिङ्गो संसार पढ्न देऊ उसलाई
अझ
जन्मदै एउटा संसार लिएर जन्मन देऊ उसलाई
आफ्नै सुनौलो सम्भावना लिएर फैलन देऊ उसलाई ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x