सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कार्टुनिष्ट राईको निधन

Nepal Telecom ad

कार्टुनिष्ट तथा ग्राफिक डिजाइनर बिलाश राईको ४४ वर्षको उमेरमा ८ फागुनमा भारतको कालेबुङ अस्पतालमा निधन भएको छ । राई पछिल्लो समयमा हिमाल मिडियामा आवद्ध थिए ।

दाजीलिङको सिलगुडीबाट प्रकाशित हुने सुनचरी दैनिकबाट व्यावसायिक कार्टुनिष्ट पेशामा आएका दार्जीलिङ निवासी बिलाश सामाजिक विकृतिलाई व्यङ्ग्यचित्रमा उतार्न सिपालु थिए । हिमाल मिडिया अन्तरगतका प्रकाशनहरूमा उनका धेरै कार्टुनहरू प्रकाशित भएका छन् ।

कार्टुनिस्ट राईको असामयिक मृत्युले नेपाली कार्टुनकलामा अपूरणीय क्षति भएको छ । राईको असामयिक निधनप्रति हिमाल मिडिया प्रा.लि.ले आफू स्तब्ध भएको जनाएको छ ।

फित्कौली डटकम मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad