साधुराम खड्काके तिमीले पत्यायौ ?
घामसँगै झुल्किने तिमी
बादल बीचै अलमलियौ
जूनसँगै मुस्काउने तिमी
औँशीको रातमै बिलायौ ।
भन्न त के के भन्थ्यौ तिमी
याद सबै मेरा भुलायौ
समय सापेक्ष रहिछ्यौ तिमी
बिगतलाई सहजै पन्छायौ ।
फूलको न मतलब थियो तिमीलाई
बोटलाई त जरैदेखि पल्टायौ
सुनमा पनि सुगन्ध खोजी
कोहिनुर हिरा लत्यायौ ।
कस्तो रैछ तिम्रो कर्म
के के न पाउन बृन्दावन छोडी
रणभूमी चै आफूले हत्यायौ !
यस्तो होला भनेर मैले त पत्याउनै सकिन
के तिमीले पत्यायौ ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































