साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी घोडा

Nepal Telecom ad

राजा चढे पनि
राणा चढे पनि
नेता चढे पनि
सधै
उस्तै गति
उही चाल
उस्तै मति
उही ताल
जनताको लागि
सुस्ताउँछ गोडा
वा ! सरकारी घोडा ।

कहिले मेची काली कुदेको छ
कहिले काठी फाली जुदेको छ
खाँदै जनताको धान
झार्दै जनतालाई शान
हिनहिनाइ रहेको छ
खोज्दै जोडा
वा ! सरकारी घोडा ।

जति रुप हेरे पनि
जति नाम फेरे पनि
खान्छ यो जनताको नुन
मान्छ यो मालिकको गुण
लाउँदै जनतालाई चुन
जनताको लागि
छ यो टेडा
छ विचित्रको यो
सरकारी घोडा ।

जनताको पसिना
जनताकै घाँस
देखाउँछ सधै
जनतालाई आस
जनतालाई ठगी
मालिकको खास
जनतालाई यो
ठान्दछ भेडा
वा ! सरकारी घोडा ।

कहिले वारि
कहिले पारि
कुदाउँछ गोडा
केही पाइन्छ भनी
बोक्दछ रोडा
बनाउने भन्दा
भत्काउँछ मोहडा
छ गजबको यो
सरकारी घोडा ?

कहिले बन्छ यो
राजतन्त्रे घोडा
कहिले भन्छ यो
प्रजातन्त्रे घोडा
तर जहिले पनि
ठगतन्त्रे घोडा
कहिले बन्ने यो
लोकतन्त्रे घोडा ?

जनतालाई अझै
रणभुल्ल पार्दैछ
खाँदै पेडा
वा ! सरकारी घोडा ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x