साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा बाख्री !

Nepal Telecom ad

नाचि रहेको छ जङ्गलबीच चउरमा
एक निरीह पाठो
जसलाई अहङ्कारजस्तै भयङ्कर ब्वाँसोले
कुनै पनि क्षण कुनै पनि बहानामा झ्याप पार्नसक्छ !

नजिकै छ आमा उघ्राएर बसेकी छ
आफ्ना दुई अाँखा प्रिय पाठोमाथि खन्याएर बसेकी छ
आमाप्रति अगाध आस्थावान् छ पाठो
विश्वासवान् छ, सुरक्षाको भरपर्दो आधार ठान्छ
यसैबीच जङ्गलबाट लमक लमक आइहरेको छ ब्वाँसो
सतर्क बाख्री जर्याक जुरूक उठ्छे
पाठोलाई लाग्छ मेरो लागि आमा उठेकी छ
आमालाई देखेपछि डराउँछ ब्वासो लुसुक्क भाग्छ !

डराउँदैन ब्वासो, सिधै पाठो भएपतिर लाग्छ
आमाकै अगाडि हाक्का हाक्कि गर्धन तान्छ
अनि एक्कासि होस जान्छ पाठाको र क्याँ गर्छ
बचाऊ बचाऊ धन्दै कातर आँखाले आमातिर हेर्छ
ट्वाद्यआल्ती हेर्छ, दुइटै आँखाले हेर्छ
आमा पनि त्यसरी नै हेर्छे ।
आफ्नो कलिलो पाठोलाई सुरक्षा दिन सक्दिन आमा !
हेर्दै, केवल हेर्दै आफ्नो प्रिय पाठोमाथिको आक्रमण !
विचरा बाख्री ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x