साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुँडीखेल

Nepal Telecom ad

टुँडीखेल हो कि भुँडीखेल
तर देखिन्छ यहाँ
हरेक दिन अनेक खेल
गर्दै मान्छेको ठेलमठेल
नेता आउँछ
मात्र भाषण ठोक्छ
जनता आउँछ ताली ठोक्दै
खाली आश्वासन बोक्छ
भक्तालु पनि आउँछ
भद्रकाली, महाकाललाई ढोग्छ
पोके ब्यापारी आउँछ
सस्तो माल भनि खोक्छ
डोके ब्यापारी आउँछ
कराउँदै फलफूल जोख्छ
नगर प्रहरी आउँछ
उठाउँदै सबलाई गाडीमा बोक्छ
भोकाएको आउँछ
भुटन र रोटी टोक्छ
रोगाएको आउँछ
चन्दा माग्दै बिलापहरू पोख्छ
विद्यार्थी आउँछ
पुराना किताबहरू
दिनभर त्यहीँ बसी घोक्छ
पागल पनि आउँछ
चिच्याउँदै रिसराग पोख्छ
ज्योतिषी आउँछ
जोखना हेर्दै मान्छेको भविष्य खोक्छ
जादुगर आउँछ
फलाक्दै भिडभाडलाई रोक्छ
बगलीमारा आउँछ
खल्ती मार्ने मौका छोप्छ
भिखारी आउँछ माग्दै छाती ठोक्छ
जून आउँछ
मातिदै मातमा निशालाई भोग्छ
कुकुर पनि आउँछ तुर्काउँदै सीमा तोक्छ
हेर्दै यो सारा खेल
बिचरा टुँडखेल
कहिले लाजले आँखा छोप्छ
कहिले टेन्सनले टाउको ठोक्छ ।

दाङ, हाल:काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x