साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नाङ्गी’ द्रौपदी

Nepal Telecom ad

आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम ।

जंगल र तालहरूमा
गोपिनी नङ्ग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफैं
–अस्तित्वको लागि
–अधिकारको लागि
–न्यायको लागि
–कृष्णवादको विरुद्धमा
–दुस्साशनवादको विरुद्धमा
–मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहन्छु
र भारी सभालाई चुनौती दिँदै
नाङ्गिंदै सडकमा
प्रदर्शित हुन चाहन्छु

दुस्साशनले मलाई नङ्ग्याएन
यो सय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आजसम्म बटारिरहेको छ
–स्वतन्त्रता
–अस्तित्व
–अधिकार
–समानता
मेरा सबै सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वंय
यस महामानवहरूको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहान्छु

–योद्धा
–राजनीतिज्ञ
–समाजसेवी
–साहित्यकार
–दार्शनिक
–पत्रकार
–आम जनता
सबै सबैको बीचमा
म द्रौपदी तुरुन्तै
मेरो स्वच्छन्दताको
सीमारेखासम्म नाङ्गिन चाहान्छु

मेरो वस्त्र हरणको समयमा
–युधिष्ठिरको सत्यवादी आत्मा
–विदुरको मौन नीति
–धृतराष्ट्रको पुत्र मोह
–भीष्मको प्रतिज्ञा
–द्रोणको गुरुचरित्र
–गान्धारीको पति प्रतिज्ञा
–दुर्योधनको अभिमान
र सकुनी मामाको षडयन्त्र
रसपादनको अट्टाहास
सबै सबैलाई
हृदयदेखि धन्यवाद छ

मेरो अस्तित्वको कवच
मेरा पाण्डव पतिहरू
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयं म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहन्छु
कौरवहरूको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहन्छु

अपुरो वस्त्र हरणले
म निस्सासिएकी थिएँ
र वस्त्रले बेरेर मलाई
बलात्कार गरिएको थियो
योनीछेद गरिएको थियो
जताततैबाट लैङ्गकि आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुञ्जिएकी
निरीहताले जलेर राख भएकी
अपमानबोधले ‘सती’
यतिखेर आगोमा दनदनी बलिरहेकी छु

औ गान्धारीहरू
आँखा खोलेर हेर
म कसरी ‘दक्षप्रजापति’को अघि
जलिरहेकी छु
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ
कहिलेसम्म विवेकमा
ठेडी कोचेर बस्छौ
मेरो विप्लब सुन्यौ होला
यहाँ उपस्थित सबै सबैलाई
म नाङ्गिएर प्रणाम गर्दछु !!!
–नाङ्गी द्रौपदी

हङकङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x