साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्क ढुकुटी !

Nepal Telecom ad

घरको ढुकुटी भर्न
परको ढुकुटी खेलियो
ठुलो ढुकुटी बचाउन
साना ढुकुटी ठेलियो
करोडको ढुकुटी पचाउन
रिनै लिएर पेलियो
थुक्क ढुकुटी !
ठ्याक्क आफूले खाने बेला
ठूलो समस्याले जेलियो ।

न ढुकुटी खाइयो
न पैसो पाइयो
ढुकुटीको तनावले
झन सुकुटी पो भइयो
कहिले चौकी गइयो
कहिले ठानामा धाइयो
यही ढुकुटीले गर्दा आज
जोगी नै पो भइयो ।

न श्रीमतीको अत्तो छ
न छोराछारीको पत्तो छ
घरमा जाउँ भने
पैसा माग्ने लत्थ्यो छ ।
थुक्क ढुकुटी !
यसैले गर्दा
मोबाइलले पनि
छिन छिनमा गीत गाउँछ
उठाउन पनि डर नसकिने
किनभने
हरेक कलमा
ज्यानै लिने धम्की आउँछ ।

बाउले गरे कि
साउले गरे
खाली मिसकल मात्र हेर्या छु
अब त
मिसकलदेखि पनि डर लाग्छ
त्यसैले हरेक दिन
सिमकार्ड नै फेर्या छ ।

को पापीले यसरी
धन कमाउने यो जुक्ति सिकायो
अरु छाडी छाडी
ढुकुटी खेल्न देखायो
जुवा खेलेको भए पनि
गए सम्पति जान्थ्यो
गरिब भए पनि
कमसेकम सुखले
सपरिवारसँगै खान्थ्यो ।

थुक्क ढुकुटी !
खाए पनि सुख नपाइने
नखाए पनि सुख नपाइने
कस्तो खेल खेलिएछ
लोभमा फस्दै फस्दै
ठूलो सङ्कटमा जेलिएछ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x