धनराज गिरीबिजुली न पानी
आहा कति रमाइलो ! बिजुली न पानी
चलेकै छ आरामसित हाम्रो जिन्दगानी ।
धूलो धूलो यत्र तत्र अनि खाल्टा खुल्टी
चढ्यो भने जहाजमा सीधै ज्यान जानी ।
रक्षा गर्ने पशुपति अब थाके पक्कै
बदलियो नेपालमा देवताको बानी ।
कस्तो देख्यो जिन्दगीले उता सिन्धुपारि
यहाँ आयो सधैं उस्तै, हाय राजधानी !!
स्वर्ग–नर्क सबै भोग्यो बाँकी छैन केही
यो देशमा सबैभन्दा फाप्ने बेइमानी !
चितवन
Subscribe
Login
0 Comments
Oldest






































