साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईर्ष्याको खेती

Nepal Telecom ad

‘राजु एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण भयो रे ।’ यो हल्लाको साझा उत्तर भेटियो– ‘आ ! गरिबको छोरोले प्रथम–श्रेणी ल्याएर के भो त ? भारी बोक्छ, हलो जोत्छ …।’

पुस्तै–पिच्छे टुक्रिदै गएको पुर्ख्यौली खेत बेचेर आफन्तहरूको असहयोग, अवहेलना तथा अङ्कुशे व्यवहार सहँदै राजु तूफानझै अगाडि लम्किरह्यो ।

‘… राजु आइ.एस्सी.मा क्याम्पस प्रथम भयो, विदेशमा पढ्न जाने छात्रबृत्ति पाउने सम्भावना छ रे ।’ उसको टोलछिमेकका मान्छेहरू सशङ्कित भए– कतै गरिबको छोरो ठूलो मान्छे हुने त होइन ?

पढाई तथा पेशाको लागि आफ्नो घरबाहिर बसेकाहरूमध्ये धेरै जसो दशैंमा घर फर्किए, तर राजु फर्किएन । गाउँलेहरूले शहरको हालखबर, नेताजी, फूलमाया, साहुकान्छा आदिको सञ्चो–विसञ्चो सोधे तर सम्भावित विस्फोटक उत्तरको त्रासदीले राजुको बारेमा सोध्ने हिम्मत गरेनन् ।

’राजु पाइलट–कोर्स पढ्न अमेरिका गयो रे ।’ यो हल्ला भूसको आगो झैं भित्रभित्रै सल्कियो अर्थात् सबैले थाहा पाए तर एकआपसमा सुन्न–सुनाउन सकेनन् ।

‘… पढ्न गएको राजुले एकवर्ष नपुग्दै पचास लाख पठायो रे ।’ समाचार नबनाइएको यो समाचारले गर्दा अम्मलीहरूको अम्मल बढ्यो, स्वस्थहरूको पेट पोल्न थाल्यो, धेरैजनाको निद्रा नाश भयो ।

‘… राजु काठमाडौं फर्केर ठूलो घर बनायो रे, आकाशमा हवाइजहाज उडाउन थाल्यो रे ।’ यो हल्लाले त्यस टोलमा अघोषित–कर्फ्यू लाग्यो, टोलबासीहरूको वजन मात्र घटेन मानसिक रोग अवसादले समेत ग्रसित भए ।

‘… राजुको अर्कै जातकी केटी अर्थात् स्त्रीरोग विशेषज्ञसँग भव्य विवाह भयो रे ।’ यसपटक मानिसहरू चोक, धारा, विद्यालय तथा चियापसल वरिपरि एकत्रित भएर वर्षौदेखि बिर्सेको उन्मुक्त–हाँसो हाँस्दै हवाइजहाज उडाइरहेको राजुलाई उडाए– ‘तल्लो जातकी केटी उडाएछ ? हा ! हा !! हा !!! क्या बिग्रेछ मोरो …?’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x