साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खित्का ठट्यौली

Nepal Telecom ad

१.

शिक्षक : हिजो मैले दिएको पाठ पढ्यौ ?
विद्यार्थी : पढ्यौँ सर !
शिक्षक : तिमी भन त रामे, बहादुर शाहको पालामा नेपालको सिमाना कहाँदेखि कहाँसम्म थियो ?
विद्यार्थी रामे : (किताबको पाना पल्टाएर देखाउँदै) पेज नं ४ देखि पेज नं ९ सम्म सर !

२.

अस्पतलमा एउटा अचम्मको बच्चा जन्म्यो, जन्मने बितिकै बोल्न जान्ने । बच्चा डाक्टरको नजिकै गएर सोध्यो, तपाईं मेरो डाक्टर हो ?
डाक्टर : हो बाबु ।
बच्चा : तपाईंलाई धन्यवाद ।
बच्चाले आमाको अगाडि गएर सोध्यो, तपाईं मेरो आमा हो ?
आमा : हो बाबु ।
बच्चा : मलाई जन्म दिने आमा तपाईंलाई पनि धन्यवाद ।
बच्चा बाउको अगाडि गएर सोध्यो, तपाईं मेरो बाउ हो ?
बाउ : हो बाबु ।
बच्चा : औंलाले बाउको निधारमा घोच्दै, तपाईंलाई चाहिँ घोच्दा दुख्छ कि दुख्दैन, दुख्छ कि दुख्दैन हँ !!

३.

एक दिन कछुवा घुम्न भनेर शहरतिर निस्क्यो तर बाटैबाट शङ्खे किराले कछुवालाई अपहरण गरेर लग्यो, पछि पुलिसले पत्ता लगाएर कछुवालाई ल्याई बयान लियो ।
पुलिस : तिमीलाई लग्ने बेलामा के के भयो भन त ?
कछुवा : खै सर मलाई त यादै छैन, सबै कुरा यति छिटोछिटो भयो कि कुनै याद नै भएन ।

टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x