साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो शहरमा

Nepal Telecom ad

भुस्याहा कुकुरसँग
ड्यार्र ड्यार्र गर्दै
बाटोमा फालिएका
भात सिताले पालिएका
यो शहरमा
थुप्रै भोकहरू देखेँ मैले ।

भिडहरूकै छेउमा
घ्यार्र घ्यार्र गर्दै
पीडाले थलिएका
पेटीहरूमा ढलिरहेका
यो शहरमा
थुप्रै रोगहरू देखेँ मैले ।

घरै घरको जंगलमा
आफन्तहरू गुमाउँदा
समबेदना पिउँदै
खाटाहरू सिउँदै
एक्लै रोइरहेका
यो शहरमा
थुप्रै्रै शोकहरू देखेँ मैले ।

एकातिर
बच्चा नपाएर
तड्पिँदै गरेका
अर्कोतिर
बच्चा फालेर
भड्किँदै गरेका
यो शहरमा
थुप्रै्रै कोखहरू देखेँ मैले ।

कतै बैशले रुपैयाँ साटेका
कतै पैसाले खुपिया साटेका
कतै भातले रात साटेका
कतै मातले खाट साटेका
यो शहरमा
थुप्रै्रै चोकहरू देखेँ मैले ।

कतै किताब कापी फाली
जुलुस नारामा हिँडेका
कतै टायर मुढा बाली
ढुङ्गा मुढामा भिडेका
थुप्रै झोंकहरू देखेँ मैले ।

कतै दिनहुँ डेरा सारेका
कतै दिनहुँ डेरा चाहरेका
कतै मान्छेले मान्छे भाँडेका
कतै मान्छेले मान्छे ढाँटेका
कतै मान्छे मान्छेसँग फाटेका
कतै मान्छेले मान्छे काटेका
यो शहरमा
थुप्रै थोकहरू देखेँ मैले ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x