फित्काैली डटकमयुगान्ती सौता हुँ हजूर
माता कैकेयी जीजुकी सौता हुँ हजुर,
वीरपुत्र जन्माउने वंश चलाउन
पृथ्वीमा सृष्टी गरिएकी, उर्वशी र मेनका भन्दा
उपल्लो दर्जा नपाएकी म अफीमको हुक्काबाट
फैलिएको धुवामा उभिएकी म नौली सौता हजूर
प्रणाम ! गर्नुपर्ने कृन्ती र मान्द्रीलाई
ओहो ! मेरा कलि श्रीमान् पुरुषार्थ सिद्ध गर्न
आँगन चोक र गाउँको एउटा समाजमा
निर्धक्क उभिरहेछ सीताको विचलित
अपमानको पीडामाथि आनन्दित
शीरमा लगाएको मर्यादा पुरुषार्थको मुकुट
कृष्णवादको आड लिई त्यही महाभारतको
कुरुक्षेत्र जन्माउने नीति पो रहेछ
आज त्यस्तै वीरपुत्र जन्माउन भित्रिएकी
मरुभूमीका पहाडहरूमा म नौली दूलही
पाञ्चालीको दसा छ भन्छन्
बाँझी सौताकी सौतेनी हुँ
कुनै मानसम्मान व्यक्तित्व, मानवपदवी
नदिएकी लबस्तरा बैफाले भएर
निर्लाज भित्रिएकी छु हजुर
देश देशान्तरभरी यायावर
पुत्र जन्माउन म
सबै सौताकी सौतेनी हुनु पर्ने
बर्ष्दिनमा एक दिन
पुत्र नभई पुत्री जन्माए
लौ के गरौ ?
सत्यवती माते जीजु कृपा रहोस् म माथि
आज सम्पुर्ण स्वतन्त्र आधुनिक युगको
अध्यात्मीक भौतिक समाजका
विद्वानहरू, विदूर, द्रोण, भीष्म, बाल्मीकी र द्वैपायनसँग
निवेदन राख्दै प्रणाम गर्छु हजूर, अब मलाई पनि
व्यास ऋषिबाट गर्भिणी बनाईयोस्
जसले वंश चल्ने, विरासत थाम्ने
सिंहासनमा विरजमान
मेरो श्रीमान धन्य हुनेछ !!!
११ अक्टुवर २००९
हङकङ
Subscribe
Login
0 Comments
Oldest





































