साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपाराहरूको महात्म्य

Nepal Telecom ad

छेपारो रङ्ग फेरिरहन्छ
बदलिरहन्छ आफूलाई
कोरिरहन्छ आफ्नो जीवन
जसरी फेरिरहन्छन् बोली नेताहरू
आमा ! म कसरी भनौँ
नेता र छेपारो उस्तै होइनन् भनेर ।

नेता भनौँदालाई सर्व्विततै हुनुपर्छ
जनताहरू भोक भोकै बाँचेका
भोको पेटमा पटुको कसेर
बाजो बारि फोरेका
अनि आफ्नै पसिना र रगतले
यो देशको नक्शा बनाएको ।

तर मलाई थाहा छ कि
तिमी पक्कै पनि स्वीकार्दैनौ
यो देशमा गणतन्त्र
जनताको बलिदानीले आएको हो भनेर ।

सरकार
तिमीलाई त याद हुनुपर्ने हो
अस्ति मात्र जनतासँग शिर झुकाएर
बुढि आमासँग भोट मागेको
त्यतिबेला भनेका थियौ
आमा !
मलाई तपाईंले एकभोट दिएर जिताउनु होस्
म तपाईंको लागि गाँस बाँस कपासको सुनिश्चित गरिदने छु
स्कुल नदेखेका तपाईंका सन्तानहरूलाई
निशुल्क पढाउने व्यवस्था गरिदिने छु
अध्यारा कोठाहरू उज्यालो पारि दिने छु
भनेका थियौ दाँत ङिच्याएर
आमा म पनि तपाईंको छोरा जस्तै हुँ
सम्झनु यो देशमा गणतन्त्र आयो भनेर ।

त्यतिमात्र होइन
भनेका थियौ अध्यारा बस्तीहरू देखाउँदै
स्टेचरमा बोकेका विरामी देखाउदै
आमा मेरो विश्वास गर्नोस्
अब गल्ली गल्लीमा मोटर गुड्ने बाटो बन्नेछ
प्रत्येक घरघरमा बिजुली बत्ती हुनेछ
यौटा सुबिधा सम्पन्न अस्पताल बन्नेछ
त्यतिबेला यो सोचेनौ कि
मैले आफ्नैखुट्टामा बन्चरो हान्दै छु भनेर ।

हामीले त तिम्रै विश्वास गर्यौ
भोट दिएर जितायौ पनि
गलाभरि फूलको माला
शिरमा सिन्दुर लगाई दिएर
सम्मान पनि गर्यौ
अनि
हाम्रै मेहनतले इतिहासमा नाम लेखियो
हिजोसम्म त तिम्रै गुणगान गाएर बाँच्यौँ
तर
तिमी सरकार प्रमुख बनेपछि
न एकचोटि फर्केर आएनौ
न म आफैँ भेट्न आउँदा चिन्न सक्यौ
न बाटो बनाई दियौ
न अस्पताल बनाई दियौ
न बिजुली बत्ती नै आयो
न स्कुलमा निशुल्क पढ्ने व्यवस्था बनाई दियौ
सायद हामी नभई दिएको भए
ए देशका राष्ट्रघाति नेता हो
तिमीहरूलाई बाँच्ने आधार कहाँ मिल्थ्यो र ।

तिमी राष्ट्रको ढुकुटी सिध्याएर बाँच्यौ
हामी ज्याला मजदुरीले बाँचेका छौँ
त म कसरी भनौँ महाशय
तिमीलाई सर्वहारा नेता
कसरी भनौँ देशभक्त
तिमी करोडौँको घरमा म पालमुनि
मलाई धौ धौ छ जिन्दगी चलाउन
तिम्रो आँखा फुटेको गुच्चा जस्तो
देखेनौ मनराको किनारै किनारमा सुकुम्बासी
आज खायो भोलि के खाउूँ
जनताको व्यथित जिन्दगी देखेर
पग्लिनु पर्थ्यो तिम्रो मन
तर पग्लिएन पत्थरी मनहरू
अनि कसरी भनौँ म जननायक ।

कान बहिरो भैदिएको भए
सुन्ने थिएन २७ अर्बको घोटाला गरेको
आँखा नभैदिएको भए
देख्ने थिएन कसैको हत्या गरेको
तिमीले गरेको सारा कर्तुत
तिमी महान रहेछौ
तिमीलाई कानून छैन
अख्तियार छैन
मानवअधिकारवादी छैन
किनकि तिमीले सबसब किनी दिएका छौ
तैपनि भनी देऊ न
त्यतिबेला लुटेका पैसाहरू कहाँ छन्
सहरमा तिम्रो निजी बङ्गलाहरू कति छन् ?
सरकार ! म कवि हुँ
मलाई आत्मकथा लेख्नु छ ।
किनकि अब आउने पुस्ताले
तिमी राष्ट्रघाती भएको थाहा पाउन् ।

बेथान–४, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x