कोही यसको नसामा सर्प झै बेरिएका कोही पचाउन नसकी यो खाई छेरिएका ध्वाँसे म्वासे जो पनि नयाँ काँचुली फेरिएका पुराना खाई ढाडिएका बेला फेरि नयाँ उडुस खेरिएका नखाने बिचरा भई मरे खानेलाई सम्मानले हेरिएका इमान जमान हुने हेलाका पात्र खाने त झन हुलले घेरिएका ।