साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का

Nepal Telecom ad

१. गैँडा संवाद

सरकारले चितवनका गैँडा बर्दिया लगेपछिको सवाद :
बर्दियाको गैँडा : कहाँबाट आयौ ?
चितवनको गैँडा : चितवनबाट आएँ, धेरै जना आएका छौँ ।
बर्दियाको गैँडा : अरू गैँडा खोइ ?
चितवनको गैँडा : चर्न गएका छन् ।
बर्दियाको गैँडा : मर्न गएका रे ? किन ?
चितवनको गैँडा : मर्न हैन, चर्न ।
बर्दियाको गैँडा : यहाँ चर्यो कि मर्यो । चर्न जाने भन्या मर्न जाने हो । थाहा थिएन ?
चितवनको गैँडा : हाम्लाई त थोरै गैँडा छन्, धेरै जंगल छ, मजासँग चरौला भनेर झुक्याएर ल्याएछन् ।
बर्दियाको गैँडा : हाम्रा पुर्खा पनि चितवनबाटै आएका हुन् । चर्दाचर्दै मेरा पुर्खा र नातागोता गायब भए ।
चितवनको गैँडा : त्यसो हो भने हामीलाई चितवन पुर्याइदेऊ भन्छौँ ।
बर्दियाको गैँडा : कसलाई भन्छौ ? चितवन होइन, चितामा चैँ पुर्याउँछन् ।
चितवनको गैँडा : यहाँबाट चिच्याइ चिच्याइ सरकारलाई भन्छौँ ।
बर्दियाको गैँडा : यहाँ चिच्यायो भने सरकार होइन, तस्करले
चाहिँ सुन्छ ।
(त्यसपछि चितवने गैँडा चिच्याउन थाल्छ, बर्दियाको गैँडा तस्कर आउँछ भन्दै कुलेलम ठोक्छ ।)

२. ओलीले नजानेका तीन काम

प्रधानमन्त्री केपी ओलीले नजानेको काम केही छैन । तब न उनी प्रधानमन्त्री ! तर, उनले असाध्यै महत्त्वपूर्ण तीन काम भने जान्दैनन्, जो यस्ता छन् :
दिन जान्दैनन् स् पेट्रोलियमको चर्काे अभाव हुँदा ओलीले सर्वसाधारणलाई मट्टीतेल दिए ? ग्यास दिए ? बरू तस्करहरूले दिए । अहिले पेट्रोलियम केही सुलभ छ, तस्करहरूलाई नै पेट्रोलियम जिम्मा दिने उनको बुद्धि छैन ? तिनले सहजै घरघर पुर्याउँदा सरकार र तस्कर दुवैलाई फाइदा, लाइन बस्न नपरेपछि जनतालाई झन् फाइदा । तर, ओलीले दिन जानेनन् ।

किन्न जान्दैनन् : नेपालमा छेलोखेलो पानी छ, बिजुली निकाले हुन्छ तर भारत गएर ओलीले बिजुली किने । नाकाबन्दी गर्ने भारतले भविष्यमा बिजुलीमा पनि नाकाबन्दी गर्ला भनेर किन्ने बेला विचार पुर्याउनु पर्दैन ? बरू, लालटिन–टुकी किनेको भए न लोडसेडिङको झन्झट, न नाकाबन्दीको खतरा । ‘सपिङ’ गर्न नजान्ने प्रधानमन्त्री भएपछि यस्तै हो !

माग्न जान्दैनन् : पेट्रोलियम भण्डारणमा पनि नेपाल विश्वमै धनी छ । तैपनि, चीन गएर ओलीले पेट्रोलियम भण्डारणका लागि विशाल ट्यांकी ल्याउने रे ! हाम्रा हरेक घर आफैँमा इन्धन भण्डार हुन् । ग्यालेन, बोतल, भाँडो सर्वत्र भण्डार गर्छौं हामी । पेट्रोलियम किन्न पाए प्रेसरकुकरमा पनि भण्डार गर्न बेर लाउँदैनौँ । भण्डारणमा यति सक्षम छौँ तैपनि ट्यांकी माग्ने रे ! छ्या, माग्न पनि नजान्ने ओली ।

३. फोहोरमा नयाँ शक्ति

नेताले फोहोर मात्र गर्छन् भन्ने सारा नेपालीलाई थाहै छ । तर, नयाँ शक्तिका नेता बाबुराम भट्टराईले भने काठमाडौँका सडक सफा गर्ने भएका छन् । उनले किन यसो गर्न लागेका होलान् त ? संगठन बनाउन ! सडक बढारेर संगठन कसरी बन्छ ? धेरैले प्रश्न गरिरहेछन् । नयाँ शक्ति त्यसै हुन्छ ? आइडिया पनि नयाँ नयाँ निकाल्ने हुनाले नयाँ शक्ति भएको हो । सडक बढार्ने आइडियाभित्र संगठन निर्माणको महान् रहस्य लुकेको छ ।

जस्तो कि, बढार्दा बढार्दै सडकमा मानिसका दाँत या बंगारा भेटिनेछन् । ‘जनयुद्ध’कालमा धेरै मानिस मारिए, जो माटोमा विलीन भइसके तर ज्ञातव्य रहोस् कि धेरैको बंगारा झार्ने काम पनि भएको थियो, त्यसबेला । सडकमा भेटिएका बंगारा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दै बाबुरामले प्रचण्डले झारिदिएको बंगारा आफूले फिर्ता ल्याइदिएको भन्नेछन् । बंगारा फिर्ता ल्याइदिएबापतको गुन तिर्न पनि त्यो मानिस नयाँ शक्तिको सदस्य बन्नेछ । अनि, पुरानो शक्तिलाई बंगारा अर्पण गरेकाहरू नयाँ शक्तिमा ज्यान अर्पण गरेर लाग्नेछन् ।

यस्ता अनेक आइडिया लगाएर सडक बढार्दा भेटिएजति फोहोरलाई कार्यकर्ता निर्माणको मोहोरमा परिणत गरिनेछ । पुराना शक्तिका कार्यकर्ता फोहोर हुन्छन् तर नयाँ शक्तिले भने फोहोरमैलाबाट कार्यकर्ता सिर्जना गर्छ । अनि, यसो गरे संगठन बन्दैन त ?

४. कांग्रेसमा आज रमिता छ

अब पार्टीलाई एक ढिक्का बनाउनुपर्छ ।
यसका लागि अर्काे गुटलाई एक मुक्का दिनुपर्छ ।

हाम्रो पार्टीको यो चाला भएन । अब सबै जना मिलेर पार्टी बनाउनुपर्छ । पार्टीलाई अगाडि बढाउनुपर्छ । एक जनाले मात्र बनाएर पार्टी बन्दैन, सबैलाई समेट्नुपर्छ । पार्टीको हितका लागि हामी सबैले आ–आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ ।
तर, यसका लागि मैले चुनाव जित्नुपर्छ ।

कार्यकर्ता नं १ : महाधिवेशन आयो,
खान्छु पिउँछु !
कार्यकर्ता नं २ : कसले दिन्छ ?
कार्यकर्ता नं ३ : उम्मेदवारले दिन्छन् ।

गुटको राजनीति गर्न पाइँदैन ।
गुट बनाएर पार्टीमा फुट गर्न पाइँदैन ।
गुटको अन्त्य गरौँ, सबैलाई समेटौँ ।
यसका लागि हाम्रो प्यानललाई भोट दिऔँ !

नेपाल, फाल्गुन २८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x