वासुदेव पाण्डेयए–कता !
कहाँ उड्छ डाँफे कहाँ चर्छ गाई ?
भए देश टुक्रा बताऊ मलाई ।
हिजो जे बनेथ्यो बिगारेर क्रान्ति
गरेथ्यौ तिमीले गएनौ बनाई ।
सबै देश साझा न हो चेतना होस्
तिमी लान खोज्छौ निकाली तराई ।
हिजो बाइसे चौबिसे राज्य जस्तै
गरी भागबन्डा गरौला लडाइँ ।
सबै देश सिङ्गो रहे मात्र हामी
बनी स्वाभिमानी रहौँला रमाई ।
तिमी देश टुक्र्याउने भन्दछौ रे
कहाँ पात हल्लिन्छ हावा नआई ?
सबै एकता ‘ए–कता’ भन्न थाले
कहाँ प्यास मेटिन्छ खोला नधाई ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































