साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी मान्छेहरू

Nepal Telecom ad

जसै तसै बाँचिरहेका
आसै आसमा अल्झिएका
नामका मात्र मानिस
जस्तो अर्थ लगाए पनि लाग्ने
एउटा कलाकारले रंग पोतेका
अमुर्त चित्र जस्तै यी मानिसहरू
अगाडि अँध्यारो
पछाडि पनि अँध्यारो
दायाँ बायाँ सबै अँध्यारो
उज्यालोको कुनै संकेत नै नभएका
अन्धकारमा पूर्ण लपेटिएका
यी विभत्स जीवनहरू
ठुलो घरको सेपमा परेका
थोत्रा पाताका यी छानाहरू
ढुंगासरि मिल्काइएका
समाजमै बाँचेर पनि
समाजको कुनै अर्थ नभएका
यी अर्थ बिहिन मान्छेहरू
आफ्नै शरीरका अंग धरी
आफ्ना नभएका
भोको पेट भर्न साहुको बन्धक बनेका
स्वतन्त्र भएर पनि फुक्का नभएका
सभ्य मानिसका उपहास बनेका
यी कैदी जस्ता जीवनहरू
सन्तानको पढ्ने रहरलाई
माटो भित्रै पुरेर बाँचेका
तुसारोले खाएका हातहरू
छिया छिया नाङ्गा पैतालाहरू
दुखको पहाड बोकेर
आँसुको सागरमा डुबेका
यी बेसहरा मान्छेहरू
सँगै बाँच्ने अनि संगै मर्ने
जीवनको शुन्दर सपनालाई
केवल सपनै मात्र बनाएर
मुंगलान तिर भासिएका
देशलाई नै जिस्काई रहेका
कसैले बुझ्न नसकेका
सहि अर्थका यी देशहरू
आज देशको अर्थ सोधिरहेछन्
देशलाई आज खोजिरहेछन् ।

हाल : जर्मन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x