मरुभूमि नारायणठिङ्ग बोतल देख्नै हुन्न
एकान्तमा तीता तीता गरेर बातहरू
हाँसी हाँसी छुटायौ देबाटोमा हातहरू ।
वर्षौंको गठबन्धन गन्ठ्याङ्मन्ठ्याङ भो
भाँडोमा आँसु थाप्दै बिताए रातहरू ।
मसिनो चोट नसहने दोषी मुटुलाई
हल्का लाग्दा रैछन् प्रियसीका घातहरू ।
रूखको बोक्रामा नाम लेखे धोक्रामा
हाँस्छ मन आज भोलि हल्लिदा पातहरू ।
चुरोट तान्नु मुक्का हान्नु मेरो नियति
केही जस्तो लाग्दैनन् रक्सीका मातहरू ।
ठिङ्ग बोतल देख्नै हुन्न मन रोइहाल्छ
खै मेरा लागि आउँदैनन् साँढे सातहरू ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest




































